महोत्तरी - सेन्चुरी कमर्सियल बैंकले आफ्नो स्थापनाको ११ औँ वार्षिकोत्सव मनाएको छ । १२ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले गौशाला नगरपालिका ५ बस्ने वर्ष ११५ का किशान सवाई राय यादवको हातबाट केक काटेर वार्षिककोत्सव मनाए ।
११ वर्ष अघि ‘सरल बैंकिङ सबैका लागि’ नाराका साथ बैंकको स्थापना भएको थियो । महोत्तरीको गौशाला नगरपालिकामा रहेको सेन्चुरी बैंक शाखा कार्यालय गौशालामा आयोजित वार्षिकोत्सव समारोहमा बैंकका शाखा प्रबन्धक बिसुजित कुमार यादवले सेन्चुरी बैंक ठूलो र मजबुद बैंकका रूपमा अघि बढिरहेको दाबी गरे ।
बैंकले दोहोरो अंकको वृद्धि गरी सेयरधनीलाई उच्च प्रतिफल दिन सफल भएको बैंकका शाखा प्रबन्धक यादवले बताए । उनले बैंकमा संस्थागत सुशासन कायम राख्दै कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बैंकका ग्राहकले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा प्रदान गरी बैंकको विकासमा पुरयाएको योगदानको कदर गर्दै १ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
यस अवसरमा सेन्चुरी बैंकले १३ जना ग्राहकवर्गहरुलाई स्मार्ट टेलर वितरण समेत गरेको छ ।त्यस्तै बैंकमा हालसम्म ६५०० खाता संचालित रहेको शाखा प्रबन्धक यादवले जानकारी दिएका छन् । कार्यक्रममा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको शुभकामना समेत आदान प्रदान गरेका छन् ।




