नेपाली कांग्रेसको मधेश प्रदेशको सप्तरी जिल्लामा संस्थापन इतर पक्षबाट रामदेव साह विजयी भएका छन् । संस्थापन पक्षका सत्रुधन यादवलाई उनले १ सय ९ मतले पराजित गरेका छन् । सप्तरी जिल्लामा मंगलवार नै मतदान सम्पन्न भए पनि मतगणना विहीबार बिहानदेखि भएको थियो ।सभापतिमा निर्वाचित साहले १ हजार १ सय ८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा.रुद्र शर्माले जनाए । साहका निकटतम् प्रतिद्वन्दी यादवले १ हजार ७७ मत प्राप्त गरेको उनले बताए ।
१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा साह पराजित भएका थिए । सभापति पदमा ८६ मत बदर भएको अधिकृत शर्माले बताए । निर्वाचनमा २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ मत खसेको थियो । अन्य पदको मतगणना पनि प्रारम्भ भएको छ ।सम्पूर्ण परिणाम आउन दुई दिन लाग्ने निर्वाचन अधिकृत शर्माले बताए । यसैगरी बारा जिल्लामा बुधवार सम्पन्न मतदानमा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेकाले शनिवार पूनःमतदान हुने भएको छ । बारामा संस्थापन पक्षका राजेश राय यादवले ८ सय ३३ मत ल्याएका हुन् ।
संस्थापन पक्षकै अर्का उम्मेदवार शम्भुबहादुर बुढाथोकीले ८ सय ९ मत ल्याएर द ा े स ्र ा े भएका छन् ।संस्थापन इतरका उम्मेदवार रामानन्द प्रसाद यादवले ७ सय ८ मत प्राप्त गरेका छन् ।उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । संस्थापन पक्षकै यादव र बुढाथोकीबीच हुने प्रतिस्पर्धामा निर्णायक संस्थापन इतर पक्ष बनेको छ ।इतर पक्षका उम्मेदवार रामानन्द यादवले प्राप्त गरेको मत नै निर्णायक हुने भएकोछ ।तर इतर पक्षले अहिले कसलाई समर्थन गर्ने निर्णय लिइसकेको छैन् । बारा जिल्लामा २ हजार ४ सय ९३ मतदाता रहेकोमा २ हजार ४ सय मत खसेको निर्वाचन अधिकृत राजकुमार उप्रेतिले जनाए ।सभापति पदमा ३१ मत बदर भएको उनले जनाए । मधेश प्रदेशको ८ जिल्ला मध्ये सभापतिमा घोषित परिणाम अनुसार पर्सामा संस्थापन पक्षका जनार्दनसिंह क्षेत्री जितेका छन् ।बारा जिल्लामा पनि संस्थापन पक्ष नै जित्ने निश्चित भएकोछ ।
रौतहट जिल्लामा सुनिल कुमार यादव संस्थापन पक्षबाट नै निर्वाचित भएका छन् ।सर्लाहीमा चुनाव हुन बाँकी छ ।निर्वाचन समितिले जनाए अनुसार शनिवार मतदानको कार्यक्रम राखिएको छ ।त्यहाँ पनि संस्थापन पक्षका सुरेन्द्र शर्माको जित पक्का जस्तै छ ।संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव उम्मेदवार छन् । महोत्तरी जिल्लामा पनि संस्थापन पक्षकै नागेश्वर यादव सभापतिमा दोस्रो चरणको मतदान अगावै सर्वसम्मत भएका हुन् । धनुषा जिल्लामा सभापतिका लागि संस्थापन इतर पक्षका योगेन्द्र पञ्जियार र संस्थापन पक्षका सन्तोष कुमार यादवबीच प्रतिस्पर्धा छ ।शुक्रवार पूनः मतदान हुने भएको छ । दोस्रो चरणको मतदानमा पञ्जियारलाई जिताउन कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि लगायत जुटेका छन् ।यादवको पक्षमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना लगायतका नेताहरु लागेका छन् ।धनुषा सभापतिको चुनाव निधि र महेन्द्र यादवको प्रतिष्ठाको विषय बनेको छ । मतदाता स्वयंले नै अब मतदान गर्नु पर्ने बाध्यात्मक सहमति भएको छ ।
पहिलो चरणको मतदानमा मतदाताले इच्छाएका व्यक्तिले मतदान गरेका थिए ।मतदाता स्वयंले मतदान गर्ने भएपछि मत परिणाममा हेरफेर हुन सक्ने अनुमान गरिएको छ ।जातिय समीकरण बन्न सके चुनावको परिणाम अनपेक्षित हुन सक्ने संभावना पनि छ । सिरहामा संस्थापन पक्षका रामचन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् ।पराजित भएको संस्थापन इतर पक्षका रामसुन्दर चौधरीले समानान्तर समिति बनाएका छन् । मधेश प्रदेशमा संस्थापन पक्षका कम्तीमा ६ जिल्ला सभापति हुने निश्चित छ ।