
महोत्तरी पत्रकार संजालका अध्यक्ष राकेश प्रसाद चौधरी,उपाध्यक्षमा अंजनी कुमारी महतो
महोत्तरी।महोत्तरीमा महोत्तरी पत्रकार संजाल को तदर्थ समिति गठन भएको छ । जिल्ला समंबय समिति को सभा हल मा जिल्ला भित्रका क्रियाशील पत्रकारहरुको बसेको बैठक ले उक्त संजाल को तदर्थ समिति गठन गरेको हो ।
बैठकले तदर्थ समितिको अध्यक्ष मा राकेश प्रसाद चौधरी,उपाध्यक्षमा अंजनी कुमारी महतो,सचिब मा दीपक कुमार पाण्डेय, कोषाध्यक्ष मा राजीव कुमार राय कुर्मी र सह-सचिब मा धर्वेन्द्र कुमार यादव(बाबु प्रेम यदुवंशी ) सर्व सम्मति ले चयन गरेको छ भने । सदस्यहरू मा विवेक कुमार महतो,रञ्जन भण्डारी,धर्मेन्द्र यादव,गोपाल झा,ममता शर्मा,विष्णु यादव र विष्णु गुप्ता,नरेन्द्र महतो र नागेन्द्र यादव चयन भएका छन ।
संजाल ले संचारकर्मी र जिल्लाका हरेक क्षेत्रका सरोकारबाला निकाय र ब्यक्ति को बीच मा समाचारको माध्यम को काम तथा संचारकर्मी हरू को दक्षता बृद्धि लगायत को काम गर्ने अध्यक्ष राकेश प्रसाद चौधरी ले बताएका छन ।उनले समितिमा सल्लाहकार तथा थप पदाधिकारी पछि चयन गरिने थपे ।
