ढल्केबर(धनुषा)- हाम्रो समाजमा धेरै संघसंस्थाहरु रहेको हुन्छ। त्यसमा चाहि कतिपय संघसंस्थाहरूले नाफामुलक काम देखि लिएर राजनितिक दलका प्रतिनिधि बनेर संघसंस्थाहरू,संजालहरु चलाइरहेको हुन्छ। समाजमा चाहि एउटा संजालले गर्नुपर्ने कार्य माथि हेर्यो भने कमै संजालहरु को नाम आउँछ तर धनुषामा एउटा यस्तो सक्रिय संजाल छ जहाँ निरन्तर रुपमा समाज सेवा प्रति सक्रिय रुपमा काम गरिरहेको छ। त्यो हो धनुषाको मिथिला युवा संजाल ढल्केबर।
धनुषाको मिथिला युवा संजाल ढल्केबर,धनुषाले एक सामुदायिक विधालयबाट राष्ट्रिय स्तरको खेल खेलिसकेको हक्की खेलाडि लगायतका हक्की खेलाडीहरू लाई टि-शर्ट र जुत्ता प्रदान गरेका छन्। धनुषा स्थित रहेको श्री जनता माध्यमिक विद्यालय, मिथिला नगरपालिका -२ नक्टाझिज मा रहेको हक्की टिम लाई एक कार्यक्रमको बिच बिहिबार विधालयको प्राङ्गणमा टि-शर्ट र जुत्ता- मोजा प्रदान गरिएको कुरा मिथिला युवा संजाल का अध्यक्ष ई.मनिष कुमार महतोले बताए।
अध्यक्ष-महतोका अनुसार हामीले चाहि जनता मावि नक्टाझिज को हक्की खेलाडि विधार्थीहरुको उत्साह, उमंग देखेर हामी प्रभावित भएका छौं। जनता माध्यमिक विद्यालय नक्टाझिज का विधार्थीहरु राष्ट्रिय स्तरको खेल खेलेर विधालय को नाम मात्र नभएर मिथिला नगरपालिका र धनुषा जिल्लाकै नाम ठाडो पारेको हुनाले हामी खेलाडिलाई खेल प्रति अझै प्रोत्साहन गर्न निम्ति र खेलमा जोस जाँगर थप प्रदान होस का निम्ति हामीले आफ्नो संजालको तर्फबाट सानो सहयोग गरेको कुरा जिकिर गरे।
माया ,सदभाव र पवित्रको पर्व मानिने होली पर्वको शुभ उपलक्ष्यमा होलीको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम गरिएको थियो।
सोही कार्यक्रममा उपस्थित रहेको हिमालय युवा क्लब का पुर्व अध्यक्ष र वर्तमान संरक्षक समेत रहेको अरुण कुमार महतोले आफ्नो मन्तव्य राख्दै "विधालयको उर्जावान शिक्षक र विधार्थीहरुको टिमले राष्ट्रिय स्तरको खेल खेलेको मा र पुन खेल्ने मौका पाएको मा" हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरी संजालको तर्फबाट बोल्दै युवा आदित्य सिंहले भने:- "मिथिला युवा संजालले शिक्षा, स्वास्थ्य खेलकुद लगायतका विषयमा मिथिला युवा संजालले, यो जिल्ला मै अग्रिम भुमिका खेलिरहेको र अगामी दिनहरुमा पनि यो संजालले साथ र सहयोग गर्ने बाचा समेत गर्यो।
त्यस्तै कार्यक्रम मा बोल्दै जनता मावि नक्टाझिज का प्राधानाध्यापक श्याम कुमार यादवको अनुसार "हाम्रो विधालयको हक्की टिमलाई पहिलो पटक चाहि मिथिला युवा संजाल ढल्केबर धनुषाले साथ र सहयोग गरेको मा जनता मावि नक्टाझिज माथि अविस्मरणीय योगदान गरेको मा धन्यवाद व्यक्त गर्दै हामी पनि विधालय को तर्फबाट संजाललाई सम्मान गर्ने प्रतिबद्धता जनाउँदै र हाम्रो विधालय को हक्की टिमले मात्र विधालय को नाम ठाडो पारेको हैन, समग्रमा मिथिला नगरपालिका, धनुषा जिल्ला र मधेस प्रदेश कै नाम ठाडो पारेको कुरा जिकिर गरे। हाम्रो समाजमा महिलाहरु बाहिर-बाहिर खेल खेल्न पठाउने कमै देखिन्छ । खेलमा महिलाको सहभागिता एकदमै न्युन मात्रामा देखिएको हुन्छ तर हामीले यस विधालयमा सकरात्मक वातावरण को विकास गरेर केटा र केटीहरु मैत्रीपुर्ण तरिकाले विधार्थी खेलाडिहरुलाई अगाडि बढाउदै शिक्षा क्षेत्रमा फड्को मार्ने लक्ष्य का साथ हामी अगाडि बढ्दै छौं भन्ने कुरा व्यक्त गरे।
कार्यक्रम मा मधेस प्रदेश का हक्की कोचर रविन्द्र सिंह लगायत संजालका सदस्यहरुले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
मिथिला युवा संजाल को तर्फबाट श्री जनता माध्यमिक विद्यालय नक्टाझिज को हक्की टिम लाई १८ वटा टि-शर्ट र १८ वटा जुत्ता-मोजा प्रदान गरेको र अगामी दिनहरुमा पनि पुन खेल समाग्रीहरु दिएर सहयोग गर्ने प्रतिबद्धता समेत गरिएको कुरा मिथिला युवा संजाल का उपाध्यक्ष विवेक ठाकुरले बताए।
उक्त कार्यक्रमको अध्यक्षता श्री जनता माध्यमिक विद्यालय नक्टाझिज का प्राधानाध्यापक श्याम कुमार यादव बाट भएको थियो भने प्रमुख अतिथि को रुपमा मिथिला युवा संजाल का अध्यक्ष ई.मनिष कुमार महतो, विशिष्ट अतिथिहरुमा संजालका उपाध्यक्ष विवेक ठाकुर, हिमालय युवा क्लब का पुर्वअध्यक्ष तथा वर्तमान संरक्षक अरुण कुमार महतो, मधेस प्रदेश कोचर रविन्द्र सिंह, विधालय कोचर श्याम बाबु नायक,औरही युवा क्लब श्रिपुरका अध्यक्ष भरतलाल महतो, शिक्षक बिमल दत्त, समाजसेवी युवा तथा मिथिला युवा संजालका प्रतिनिधि कैलाश प्रसाद सिंह, मिथिला युवा संजाल का संस्थापक सदस्य ई.राजीव महतो,ई.संजय महतो,ई.जितेन्द्र कुमार सिंह,ई.सरोज शर्मा, धर्मेन्द्र यादव,मनोज सिंह, कृष्ण चौधरी,रामजी साह,आदित्य सिंह लगायत खेलाडि विधार्थीहरुको उपस्थिति रहेको थियो। सोहि विधालयको विधार्थी र मिथिला नगर बाल संजाल को अध्यक्ष समेत रहेकाे दिवेश कुमार महतोले कार्यक्रम सञ्चालन गरेको थियो।