महोतरी । महोत्तरीको मटिहानीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब दुई बजे मटिहानी नगरपालिका – ७ स्थित लक्ष्मी सागर पोखरीमा धनुषाको मुखियापट्टी मुसरनिया –३ तुलसियाही बस्ने रामलक्षण ठाकुर सोनारको छोरा वर्ष १८ को सुमन ठाकुर सोनारको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पोखरीमा डुबिरहेको देखेपछि स्थानीय र प्ररहीले उद्धार गरी जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा ठाकुरको बाटोमै मृत्यु भएको हो ।