
महोत्तरी - करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भब्य भवन, भित्रसम्म पुग्नका लागी प्यासेजसहितको मोटरबाटो, छेउमा ५ थले भवन, भित्ता-भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सवैलाइ कुनै भब्य पाटी प्यालेस जस्तो लाग्छ । तर, यो पार्टी प्यालेस भने हैन विगत १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको परिवर्तित संरचना हो यो ।
महोत्तरीको बर्दिबास स्थित गौरीडाँडामा हालसालै बनेको यो जति महँगो संरचना देखिन्छ त्यति नै स्वास्थ्य सुविधा पनि विस्तार भएको छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवत: मधेश प्रदेश कै उत्कृष्ट संरचना हो ।
अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजिपीसहित ६ जना विशेषज्ञले २४ नै घण्टा सेवा दिइरहेका अस्पतालका संचालक सुमन भुजेलले बताए ।
निजी अस्पताल भएतापनी सबै वर्गमा स्वास्थ उपचार पहुँचमा पुर्याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बिमा योजना ल्याएको छ ।

अस्पतालमा प्रभावित क्षेत्र लगायत अन्य ठाउँका बिरामीहरुलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत हुने विश्वास लिएकाे भुजेलले भने ।
निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामा नै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्कोसोपी, एपेण्डिक्समा विना सर्जरी उपचार जस्ता उत्त्कृष्ट सेवाहरु दिँदै आएको छ ।
अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछी भेन्टिलेटरको सुविधा विस्तार गर्ने जनसेवा अस्पताल जिल्लामा नै दोश्रो बनेको छ ।
पचास शय्या (बेड) क्षमता भएको अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेको दावी गरेको छ । `हामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसावले निकै अगाडि छौँ,´ कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।
अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरुलाई समेत स्थायी सुविधाको व्यवस्थापन गरेको छ । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र पत्रकारका परिवारलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको संचालक भुजेलले जानकारी दिए ।