जनकपुरधाम। जनकपुरधामकी छोरी शिवानी कापर मिन नेपाल टिनको सेकेन्ड रनरअप हुन सफल भएकी छिन् । काठमाडौंँमा अभिनी प्रोडक्सनले आयोजना गरेको मिस्टर एण्ड मिस नेपाल टिनको पाँचौं संस्करणमा सृष्टि महर्जन मिस नेपाल टिन २०२२ को उपाधि जितेकी छिन् । उनले नोभेम्बरमा अमेरिकाको मियामीमा हुने मिस टिन युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, मिस नेपाल टिन चार्म २०२२ को उपाधि सृष्टि भुसालले जितेकी छिन् उनी कोलम्बियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै सेकेन्ड रनरअप भएकी जनकपुरधामकी शिवानी कापर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ की कापर जनकपुरधामको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेपाल टिनमा सहभागि भएकी थिईन् ।



कार्यक्रममा बरिष्ठ नृत्य कोरियोग्राफर, कलाकार तथा कार्यक्रम आयोजक महेश केसी, मिस नेपाल युनिभर्स २०१९ प्रदीप्ता अधिकारी, मोटिभेसनल स्पिकर एण्ड लिडरसिप ट्रेनर रोहित मल्ल, चलचित्र निर्माता तथा प्रख्यात चलचित्र निर्माता देवेन्द्र खड्का, महिला अधिकार अभियन्ता तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत एवम् ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
सबटाइटलतर्फ मिस ट्यालेन्ट सृष्टि महर्जन, मिस मल्टिमिडिया शिवानी कपर, पिपल्स च्वाइस सृष्टि भुसाल, मिस फोटोजेनिक सदिक्षा खनाल, मिस क्याटवाक सञ्जना भण्डारी, मिस इन्टेलेक्चुअल सृष्टि भुसाल, मिस कन्फिडेण्ट सञ्जना भण्डारी र ब्यूटी विथ पर्पज यसशिका सिंहलाई अवार्ड दिइएको छ ।

त्यसैगरी मिस्टर ट्यालेन्ट निशान वाइबा, मिस्टर मल्टिमिडिया प्रयास ओझा, पिपल्स च्वाइस निशान वाइबा, मिस्टर फोटोजेनिक प्रकाश बोहरा, मिस्टर मोडल ऋषु शाह, बेस्ट वाक मनदीप भुसाल र ह्याण्डसम विथ पर्पजको उपाधि राम इकवाल यादवले जिते ।
कार्यक्रमका कन्सेप्ट डिजाइनर तथा अफिसियल कोरियोग्राफर पवन आचार्यले नेतृत्व विकास र जीवन सीप सम्बन्धी विभिन्न पक्षमा विभिन्न प्रशिक्षकहरुबाट तालिम सञ्चालन गरेको जानकारी दिए ।
कार्यक्रममा एसपीएम क्रिएसन, एआईटीएम कलेज, थ्रीएम, लिसारा रिसेप्शन, सिम्पन, काजी कोल्थिङ ब्रान्ड, आलिशान लाउन्ज, ग्लोबल अनलाइन पे, मेकअप पार्टनर, काष्ठमण्डप टिभी, ट्रेस अमोर क्रिएसन, सूर्या फोटोग्राफीको सहयोग रहेको थियो । मिडिया व्यवस्थापनको जिम्मेवारी रामरो इन्टरटेनमेन्टले लिएको छ ।

कार्यक्रममा कोरियोग्राफर पवन आचार्य, कोरियोग्राफर साइमन पण्डित, ड्रेस डिजाइनर अनिकेथ अधिकारी, प्रोजेक्ट डाइरेक्टर सोनिया आरएल शाही, सहायक कोरियोग्राफर सुजन श्रेष्ठ डान्स कोरियोग्राफर, अशोक थापा, फोटोग्राफी निर्देशक, सञ्जित बगाले फोटोग्राफर, कार्यक्रम प्रबन्धक गोकुल जोशी लगायतका प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।





