जनकपुर
मधेसका सर्वसाधारण जनताको आर्थिकस्तर उकास्न व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा लगानी प्रबद्र्धन गर्दै आएको मल्टिपर्पस फाइनान्स कम्पनी लिमिडेटले शाखा बढाउँदै लगेको छ ।
सप्तरीको राजविराजमा केन्द्रीय कार्यालय रहेको मल्टिपर्पस फाइनान्सले छ महिनाभित्र मधेस प्रदेशको चार स्थानमा शाखा विस्तार छ भने एक स्थानमा शाखा खोल्न अन्तिम तयारी गरेको छ । मल्टिपर्पस फाइनान्सले चालू आर्थिक वर्षमा सप्तरीकै कल्याणपुर, धनुषाको जनकपुरधाम र महोत्तरीको गौशालामा शाखा सञ्चालन गरेको छ ।



यस्तै महोत्तरीको रामगोपलपुरमा शाखा विस्तारको काम अन्तिम चरणमा रहेको मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेड जनकपुर शाखाका प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले जानकारी दिनुभयो । सञ्चालनका लागि फड्को मारेको हो । मल्टिपर्पस फाइनान्सले मधेस प्रदेशमा आफूलाई बलियो फाइनान्सको लाइनमा उभ्याउँदै लगेको छ ।
१५ लाख रुपैयाँ चुक्तापुँजीबाट २०५४ सालमा राजविराजस्थित नेताचौकमा केन्द्रीय कार्यालय खोलेर निक्षेप र कर्जा परिचालन सुरु गरेको यस फाइनान्सको हाल ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी खडा गरेको छ । करिब पाँच हजार ग्राहक सङ्ख्या रहेको मल्टिपर्पस फाइनान्सले ४६ करोड रुपैयाँ ऋण प्रभा गरेको छ ।
मधेस प्रदेशबाट सञ्चालित फाइनान्समध्ये सबभन्दा बढी शाखा विस्तार गर्ने यही फाइनान्स भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सिंहले बताए । हाल प्रदेशको चार ठाउँमा शाखा सञ्चानमा रहेको र केही दिनमै महोत्तरीको रामगोपालपुर पाँचौं शाखा खोल्ने उनले भने ।
मधेसका ग्रामीण वस्तीमा बसोवास गर्ने जनताको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले फाइनान्सका कर्मचारी जनताको घरदैलोमै पुगेर ऋण प्रभा गरिरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए । उनले माछा, बाख्रापालन, कुखुरा पालन र पशुपालन लगायत कृषि उत्पादनका क्षेत्रमा फाइनान्सले जोड दिए ।
पुँजीगत हिसाबले हाल मधेश प्रदेशको पाँच जिल्लामा शाखा विस्तार गर्न पाउने अनुमति फाइनान्सले पाएको छ । पुँजी वृद्धि गरी तथा चुक्ता पुँजी ५० करोड पु¥याएर प्रदेशको सबै जिल्लामा शाखा सञ्चालन गर्ने र दुई वर्षभित्र राष्ट्रियस्तरको वित्तिय संस्थाको रुपमा स्तरवृद्धि गर्ने लक्ष्य फाइनान्सको सञ्चालक समितिले लिएको छ । यस्तै पाँच वर्षभित्र विकास बैंकको रुपमा पु¥याउने लक्ष्य बोकेर फाइनान्स अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत सिंहले भने ।




