महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मटिहानीमा नवनिर्मित सलहेश मन्दिरको शनिवार एक समारोहका बीच समुद्घाटन गरिएको छ ।
नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले सो मन्दिरको समुद्घाटन गरेका हुन । समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर मण्डलले भने सबै जातजातिका विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।
उनले भने नगरपालिका सबै जातजातिका उत्थान तथा विकासमा ध्यान पुरयाउंदै आएकोले पासमान जातीको उत्थानमा नगरपालिका मात्र नभई हामी सबैको ध्यान जानुपर्छ । पासवान जातिको उत्थानकै क्रममा नगरपालिकाद्वारा तिनीहरुको ईष्ट देवता भगवान सलहेशको मन्दिर निर्माण गरिएको मेयर मण्डलले बताए ।
मटिहानी नगरपालिका वडा नम्बर ६ को वडास्तरीय योजना अन्तर्गत करिब २४ लाख रुपैयाको लागतमा सो मंदिर निर्माण गरिएको कुरा मटिहानी नगरपालिकाका इन्जिनियर दिनेश साहले बताएका छन । सलहेश पासमान (दुसाध) जातिको कुलदेवता रहेको छ ।
मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबाबु नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका ७ का वडाध्यक्ष जीतनारायण माझी, वडा नम्बर ८ का वडाध्यक्ष गणेश प्रसाद, पूर्व कर्मचारीहरु बरुण मण्डल, रामजी मण्डल, रामसेवक साह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।