भारतको जयनगरदेखि नेपालको जनकपुर- कुर्थासम्म आजबाट रेलसेवा शुरू हुँदैछ । भारत भ्रमणमा रह्नु भएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा यो रेलसेवाको भर्चुअल उद्घाटन गर्नु हुने भएको छ। । शुक्रबार भारत भ्रमणमा पुग्नु भएको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीले १२ बजेर २० मिनेटमा संयुक्त रुपमा भर्चुअल मार्फत बटन थिच्दै झण्डा हल्लाएर रेलको उदघाटन गर्ने कार्यक्रम रहेको छ । तस्बीर ः धर्वेन्द्रकुमार यादव 'यदुवंशी'