महोत्तरी।चैते दशैंको शुभ अबसरमा महोत्तरीको बिभिन्न स्थानमा कलश तथा रथ शोभा यात्रा निकालिएको छ । असोज मसान्तमा मनाईने दशैं लोकप्रिय भएपनी चैत्ते दशैंपनि तराई क्षेत्रमा भब्यताका साथ मनाईन्छ ।
शनिबार सोनमा गा.पा.वडा नं. ७ सुन्दरपुस्थित ओलारा भन्ने स्थानमा नौदिने अखण्ड रामनाम जप महायज्ञको कलश यात्रामा सयांैको संख्यामा कुमारी कन्याद्वारा कलश तथा रथ शोभा यात्रा निकाली महायज्ञको शुभारम्भ भएको समितीका अध्यक्ष बिकाउ यादवले जानकारी दिनुभयो ।
बिहान आठबजे निस्केको करीब पाच सय कुमारी कन्या सहभागी यात्रा दुई किलोमिटर टाढा रहेको उत्राहिनीबाट कलश भरी हनुमान चौक हुदै नगरपरिक्रमा गर्दै महायज्ञस्थल पुगेको थियो । उक्त अबसरमा स्थानिय ब्यापारी शिब शंकर यादवले श्रद्धालुहरुलाई प्रसाद बितरण गरेका थिएभने साधु सन्तहरुलाई स्थानिय युवा मधुसुधन कुमार यादव(अमर)ले दोसल्ला बितरण गरेको समितीका सचिब पुकार यादवले बताए ।
एसैबिच गौशाला नपा वडा नं.११ कान्तिबजार स्थित सयौको संख्यामा पनि कलश तथा रथ शोभा यात्रा निकालिएको छ । सहभागीहरुलाई नेकपा एमाले नगर कमिटीका अध्यक्ष अजय कुमार कुशबाहाले जुस,पिउने पानी र प्रसाद बितरण गरेको हो ।