
शुभनारायण यादव- सप्तरी। सप्तरीको महादेवा गाउपालिका वडा न.– १ सोनरामा शिक्षकको कुटपिटबाट एक बालककौ मृत्यु भएको आरोप लागेको छ । महादेवा गाउपालिका वडा न. – १ स्थित सोनरा राष्टिय प्राथमिक विधालयमा अध्यनरत्त स्थानीय ९ वर्षीय बालक कमल यादवको शिक्षकको कुटपिटबाट मृत्यु भएको आरोप लागेको हो । गत चैत ५ गते शनिवार करिब साढे ३ बजे बिहानको समयमा बालकको मृत्यु भएको बुबा डम्बर नारायण यादवले प्रहरी समक्ष जाहेरी दिएका छन् ।
गत फागुन २३ गते विद्यालयका प्रधानाध्यापक बसन्त कुमार चौधरीको कुटाइबाट बालका घाइते भएको र उपचारको क्रममा गत चैत ५ गते मृत्यु भएको परिवारजनको आरोप छ । बालकको शवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले मुचुल्का तयार गरी राजविराज स्थित गजेन्द्र नारायण सिहं अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको थियो । सोही घटनाको मानसिक त्रासको कारण अहिले विधार्थी विद्यालय जान छाडेको अभिभावक तथा अवकाश प्राप्त सशस्त्रका डिएसपी उपेन्द्र प्रसाद मण्डलले सञ्चारकर्मी समक्ष बताएका छन् ।
प्रअ चौधरी धटना पश्चात चैत ४ गतेदेखि ११ गतेसम्म विदा बसेका थिए । त्यसपछि एकै पल्ट १८ गते शुक्रवार आएर १३ गतेदेखि १८ गतेसम्मको हाजिरी पुस्तिकामा हाजिर गरेको स्थानीयबासी पुलकित सदाले बताए ।