शनिबारबाट संचालनमा आएको कुर्था जनकपुर जयनगर रेल्वे सेवामा पहिलो दिन १५ सय यात्रुले यात्रा गरेका छन् । आइतबार पहिलो दिन १ हजार ५ सय यात्रुले यात्रा गरेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले टुडेपाटीलाई जानकारी दिए ।
उनका अनुसार पहिलो दिन यात्रुबाट भाडा स्वरुप ८० हजार रुपैयाँ आम्दानी भएको छ ।
रेल सेवा घाटामा नजान दैनिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी हुनु पर्ने महाप्रवन्धक झाको भनाइ छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको दिल्ली स्थित हैदराबादबाट झण्डा हल्लाएर रेलको उदघाटन गरेका थिए ।
अहिले दैनिक दुईपटक ओहरदोहर गर्ने गरी रेल संचालनमा आएको हो ।
पहिलो चरणमा जनकपुरधामको कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालनमा आएको छ ।
जनकपुरधामदेखि जयनगरसम्मको रेलको भाडा समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।
२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।