धनुषा : धनुषाको बटेश्वर गाउँपालिका वार्ड नम्बर -५ शान्तिपुरमा धार्मिक कार्यक्रम अन्तर्गत २ दिवसीय हनुमान आराधना तथा झाखि प्रदर्शन कार्यक्रम भएको छ ।
कार्यक्रममा जिल्ला भरिका ९० टीमले आफ्नोे आराधाना प्रस्तुति तथा झाखी प्रदर्शन गरेका थिए ।
समाजमा बिभिन्न किसिमको विकृति र मानव जीवनमा अनेक किसिमका समस्या दिन प्रतिदिन बढदै गएपछि मानव जीवनमा परिवर्तन र नेपालमा शान्तिको लागि कार्यक्रमको आयोजना गरिएको महन्थ गोपाल मंडलले वताए ।
आराधाना मण्डलीलाई सम्मान
स्थानीय शान्तिपुर निवासी युवा समाजसेवी तथा व्यापारी श्याम महतोले हनुमान आराधाना टिमलाई प्रोत्साहन र धर्म रक्षा साथै समाज सुधारको लागि मण्डलीहरुले आफ्नोे तर्फबाट खेलेको भूमिकालाई सबै टीमलाई सम्मान गर्दै चाँदीको जानकी मन्दिर अंकित तस्बिर सहित सम्पूर्ण मण्डली लाई सम्मान गरेको छ भन्ने शान्तिपुरका ज्येष्ठ नागरिक अन्तर्गत रामचन्द्र चौधरी, चन्देश्वर यादव, राम पृत यादव, हनुमान दास सहितलाई सम्मना गरिएको वार्ड अध्यक्ष शिव करण यादवले बताए । कार्यक्रमको आयोजना शान्तिपुरबासीको सहयोग र श्री हनुमान आराधाना मण्डल नेपाल शान्तिपुर सम्पूर्ण परिवारले आयोजना गरेका थिए ।