ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा पूर्व नेपाल प्रहरीहरुको भेला सम्पन्न भएको छ । शनिबार ढल्केवरस्थित राधाकृष्ण मन्दिरको सभाकक्ष पूर्व प्रहरीहरुको भेला सम्पन्न भएको हो ।



नेपाल प्रहरीको नीति निर्देशनअनुसार पूर्व प्रहरीहरुलाई सुरक्षालगायत समाजित गतिविधिमा संलग्न गराउने उद्देश्यले संगठन निर्माण गर्न मिथिला नगरपालिकाभित्रका पूर्व प्रहरीहरुको भेला आयोजना गरिएको पूर्व प्रहरी डोरबहादुर खड्काले बताए ।
भेलाले पूर्व प्रहरी नायव निरीक्षक लिलाबहादुर बस्नेतको अध्यक्षतामा नौ सदस्य नगरस्तरीय समितिसमेत गठन गरेको छ ।
पूर्व प्रहरी संगठन धनुषा कार्यसमितिका अध्यक्ष जयनारायण सिंहको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आथित्यमा भेला आयोजना गरिएको थियो । पूर्व प्रहरीहरु उपस्थित रहेको भेलामा नगर प्रमुख महताले युवावर्ग लागूऔषधको कुलतमा फस्दै गएको र भविष्यमा समाजमा जटिल समस्या सृजना गर्ने हुँदा पूर्व प्रहरीहरुले ति युवाहरुलाई सही मार्गमा ल्याउन सुझाव दिए । उनले जागिरमा रहँदा र अवकाश प्राप्त भएपनि मानवीय दायित्व सम्झेर समाजलाई फाइदा हुने हरेका गतिविधि उत्साहपूर्वक लाग्नुपर्ने जनाए ।
भेलामा मिथिला नगरपालिकाकी उपप्रमुख तारालामा बस्नेत, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंह, पूर्व प्रहरी सचिव सुभद्रा आलेलगायत मिथिला नगरपालिकाभित्रका पूर्व प्रहरीहरुको उपस्थिति रहेको थियो ।





