जनकपुरधाम- जन्तीबाट फर्कदै गरेको बस सिरहामा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किँर भएको दुर्घटनामा परि धनुषा र महोत्तरीका ३१ जना घाइते भएकोप्रहरीले जनाएका छन् ।
जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार घाइते हुनेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालक लगायत ३१ घाइते भएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।