काठमाडौँ : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसकेका छन् ।
शुक्रवारबाट लोसपाले उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ ।
उम्मेदवारको टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो ।
लोसपाका कार्यकारिणी सदस्य अकवाल मियाँले जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको बताए ।