जनकपुरधाम- महोत्तरीको वर्दिवास नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा चिरञ्जिवी हमालले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एसबाट भीम बहादुर आलेको मनोनयन दर्ता
नेकपा एसबाट वर्दिवास नगरपालिकाको मेयरको टिकट पाएका भीम बहादुर आलेले मनोनयन दर्ता गराएका छन् ।
सोमबार दिउँसो वर्दिवास स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर आलेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । आलेसँगै उपमेयरमा नेकपा एसबाट कमाला माया वाइवाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।
एमालेबाट टेक बहादुर बलम्पाकीले गराए मनोनयन दर्ता
वर्दिवास नगरपालिकाका मेयर पदमा नेकपा एमालेको तर्फबाट टेकबहादुर बलम्पाकीले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेले उपमेयरमा दुर्गा दाहाललाई टिकट दिएकोमा उनले उम्मेदवारी दर्ता गराएकी छिन् ।
माओवादीे केन्द्रको तर्फबाट राजु खड्काको मनोनयन दर्ता
वर्दिवास नगरपालिकाका मेयर पदमा नेकपा माओवादीे केन्द्रको तर्फबाट राजु खड्काले मनोनयन दर्ता गराएका छन् ।
बर्दिवासकै पहिलो मेयर बिदुर कुमार कार्कीलाई अघिल्लो स्थानिय चुनाबको अन्तिम समयमा आफुले पाएको टिकट समेत दिएर पार्टीलाई योगदान गरेका खड्काले माओबादी केन्द्रको साख राख्न कार्कीलाई जिताउन जिउ ज्यान दिएका थिए।
केद्रिय सदस्य खड्काले आगामी बैशाख ३० गत्ते हुन गईरहेको स्थानिय निर्वाचनमा माओबादी केन्द्रको तर्फवाट यस पटक समेत पार्टीको प्राथमकितामा परेर टिकट पाएपछी मनोनयन दर्ता गराएको माओबबादी केन्द्रले जनाएको छा