जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसलाई आउट गर्दै जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेका छन् ।
दुई दलबीच गठबन्धन गर्ने सहमति भएपछि जनता समाजवादी पार्टीका मेयरका प्रत्यासी उम्मेदवार चन्देश्वर महतो र माओवादी केन्द्रका उपमेयरका प्रत्यासी उम्मेदवार विमला अधिकारीले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादीले ११ वटा वडामध्ये मेयर सहित ६ वटा वडा पाएका छन भने जसपाले उपमेयर सहित ५ वटा वडा पाएका छन् । जसपाले १,२,४,५ र ६ नम्बर वडा र माओवादी केन्द्रले वडा नं. ३,७,८,९,१० र ११ नम्बर वडा लिने सहमती भएको छ।
माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका थिए । यस्तै जसपाबाट मेयरमा चन्देश्वर महतो र उपमेयरमा मनुमाया मोक्तानले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
भागबण्डामा परेका वडाबाट दुवै दलले वडाध्यक्ष सहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।
अब यहाँ नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र महतो र उपमेयरमा निर्मला कोइराला र नेकपा एसबाट मेयरमा सुर्य प्रसाद पुडासैनी र उपमेयरमा कबिता सिन्हाले प्रतिस्पर्धा गर्ने भएका छन् ।