अन्जली महतो,महोत्तरी(औरही)- महोत्तरीमा दलहरु द्वारा व्यापक रुपमा निर्वाचन आचारसहिंताको उल्लघंन गरिएको देखिएको छ। निर्वाचन आयोगले जारीले निर्वाचन आचारसहिंताको उल्लघंन सम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने बताइएपनि प्रायजसो सबै दलहरुले सार्वजनिक स्थलहरुमा राजनीतिक दलको झन्डा र चुनाव चिन्ह अंकित ठूल ठूला ब्यानरहरु झन्ड्यिाएका छन् । महोत्तरीको औरही नगरपालिका, वडा कार्यालय, सार्वजनिक स्थल ,गाउको बाटो हुदै जलेवर- बर्दिवास सडकखण्डमा भने निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दलको चुनाव चिन्ह् अङ्किक झण्डा राखिएको पाइएको छ ।
औरही नगरपालिकामा नेपालका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायत नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह् अङ्कित झण्डा झुण्डियाएको छ । औरही नगरपालिकाको निर्वाचन अधिकृत सरोज कुमार गोईतले नगरपालिका, सरकारी कार्यालय, बिधालय, मन्दिर लगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आचारसंहिता रहेको बताए।



उनले निर्वाचन आचारसंहित विपरित कहीँ कतै त्यस्ता झण्डा राखिएको छ भने व्यवस्थापन गरिने जानकारी दिए । निर्वाचन आचारसंहिता पालना गर्न स्थानीय तहको राजनीतिक दलका प्रतिनिधि बोलाएर अवगत गराइएको पनि निर्वाचन अधिकृत गोईतले भने। निर्वाचन आचारसंहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । यदि पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ ।
यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । बालबालिकालाई चुनावी प्रचार प्रसारमा प्रयोग नगर्न भनिएपछि दलहरुले सबै किसिमको आचार सहिंतामा उल्लंघनको गरेको गरे नै छ ।





