महोत्तरी । प्रहरी कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा चार महिना पहिले भएको ठुलो चोरीको तिनजना आरोपीलाई चोरिएका मोबाईल लगायतका सामग्री सहित शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले उनीहरुलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन । उनले तिनैजनासंग थप अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि अनुसन्धान समेत सुरु गरिसकिएको बताए ।
पक्राउ पर्नेहरुमा औरही स्थित प्रिंस स्टुडियोका संचालक औरही नगरपालिका १ निवासी दिनेश्वर साह,बर्दिवास नगरपालिका १३ बिजलपुराका लालबाबु भण्डारी र सम्सी गाउपालिका ८ का रंजित साह(सहयोगी)लाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरको हो । पक्राउ परेका मध्ये लालबाबु भण्डारी केहि दिन अघिमात्र हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीबाट पक्राउ परेका छन । उनीसंग गोली सहित प्रहरीले पेस्तोल बरामद गरको थियो ।



यसरी सुल्झियो चोरी काण्ड : चार महिना पुर्व गत पौष ३० गते राती गौशाला नगरपालिका ५ स्थित गौशाला बजारमा रहेको संजित कुमार यादवले संचालन गरिआएको मिथिलाञ्चल कम्प्लेक्सबाट अन्दाजी बिस लाख बराबरको विभिन्न ब्राण्डका मोबाइलहरु तथा मोबाईलमा प्रयोग हुने अन्य सामग्रीहरु चोरी भएको थियो ।
प्रहरीले चोरी पश्चात अनुसन्धान गर्दै जादा औरही निवासी एक महिलाबाट चोरी भएकै मोबाईल मध्येको एक मोबाईल फेला पारेकोमा ति महिलाले उक्त मोबाईल औरही स्थित प्रिंंस स्टुडियो एण्ड मोबाईल सेन्टरबाट खरिद गरेको बताएकि थिईन ।
सो पछि थप एक मोबाईल समसी गाउपालिका ८ वस्ने रंजित साहको साथबाट फेला परेकोमा निज रंजित साहले आफुले १६ थान मोबाईल डेढ महिना पहिले लालबाबु भण्डारीबाट किनेको र सोहि मध्येको सवै मोबाईल आफुले विक्री गरेर बचेको एकथान आफुले प्रयोग गर्दै आएको बताएका थिए । प्रहरीले सोहि पछि सिसिटिभी फुटेज हेर्दा लालबाबु भण्डारीको हुलियासंग चोरी गरिरहेको व्यक्तिको हुलिया मिलेको खुलेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्दै जादा दिनेश्वर साहलाई केहि थान चोरीको मोबाईल सहित उनको पसलबाटै समातेको र सिसिटिभी फुटेजसंग समेत मिलाउदा चोरी गर्ने व्यक्तिसंग हुलिया मिलेकोमा प्रहरीले पत्रकार सम्मेलनमा बताए । यता लालबाबुको घर खान तलासी गर्दा स्रोत नखुलेको चारलाख ४८ हजार नगद तथा चोरी भएको मध्येको केहि थान मोबाईल र अन्य सामग्री फेला परेको थियो ।
यता दिनेश्वरसंग प्रहरीले थप सोधपुछ गर्दा चोरी भएका थप मोबाईल र सामग्रीहरु औरही गाँउबाट श्री प्रसाद सिंह मा.वि. औरही तर्फ जाने सडकको उत्तर तर्फको नालीमा झाडी भित्र ३ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको भनी बयान दिएकोमा प्रहरीले विहिवार उक्त लुकाई राखिएको मोबाईल र सामग्रीहरु फेला पारेको थियो ।
https://shirishnews.com/banner-news/11398.html/
https://shirishnews.com/banner-news/17659.html/
https://shirishnews.com/banner-news/17901.html/




