जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद महतोले आफ्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्योपचार, व्यवस्थित हाटबजार, कृषि क्षेत्रको विकास लगायतको प्रथमिकतासहित २६ बुँदे प्रतिबद्धता पत्र सोमबार उम्मेदवार महतोले सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा सुखवा महेन्द्रनगरलाई व्यवस्थत सहरको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि, उच्च शिक्षाका लागि कलेजको तथा प्राविधिक शैक्षिक संस्थाको स्थापना, महिला सशक्तिकरण तथा स्वरोजगार उन्मुख सीप प्रदान प्रथामिकता प्रतिबद्धता पत्रमा समेटिएको छ ।
त्यस्तै योग तथा व्यामशालाको स्थापना, खेलकुदको विकास, वृद्ध वृद्धाहरुको हितका लागि कार्यक्रम, दूधमती पोखरीलाई पर्यटकिय स्थल बनाउने, नाला सहितको सडक निर्माण, स्वच्छ पिउने खानेपानीको लागि उचित व्यवस्था, क्षीरेश्वरनाथ मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने लगायतको आफ्नो प्रतिबद्धा रहेको उम्मेदवार महतोले बताए ।
प्रतिबद्धता पत्र सार्वजनिककीकरण कार्यक्रममा एकीकृत समाजवादी क्षीरेश्वरनाथ नगर कमिटी अध्यक्ष हरिप्रसाद पौडेल, उपमेयरकी उम्मेदवार निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।
मेयरका प्रत्यासी सिंहले क्षीरेश्वरनाथ नगरपालिका भित्र नेकपा (एकीकृत समाजवादी) ले कुनै दल संग चुनावी गठबन्धन नगरेको प्रस्ट पारेका छन् । उनले भने, 'नेकपा (एकीकृत समाजवादी) एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हैसियत राख्दछ। विपक्षीहरु कलम छापमा भएको लहर प्रति डराएर कलम छापको उम्मेदवार माथि भ्रम पूर्ण हल्ला फैलाएको प्रति खेद प्रकट गर्दछु ।' उनले जनतालाई यस्ता भ्रम पूर्ण हल्लाकाे पछि नलाग्न आम जनमानसमा अनुरोध गरे ।यस्तो छ उम्मेदवार महतोको प्रतिबद्धता-पत्र





