महेन्द्रनगर- नेपाली काँग्रेसबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको लागि मेयर पदका उम्मेदवार योगेन्द्र पजियारको नेतृत्वमा आज नगरपालिका मुख्यबजार क्षेत्र महेन्द्रनगरमा आज चुनावी र्याली प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेसको महेन्द्रनगर पार्टी कार्यालयबाट सुरु भएको हजाराैंको नेता कार्यकर्ता र समर्थक सहितको उक्त र्याली विभिन्न टोल र बजारको परिक्रमा गरेका थिए ।
र्याली पछि यस अघि पनि मेयर भएर नगर चलाइ सकेका र दोश्रो कार्यकालका उम्मेदवार बनेका पजियारले विगत आफ्नो पाँच वर्षको कार्यकालको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, नगरबासीलाई सुखी र सुरक्षित बनाउन र आफ्नो नेतृत्वको टीमले गरेका असल अभ्यासलाई निरन्तरता दिँदै क्षिरेश्वरनाथलाई उत्कृष्ट नगर बनाउन वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस को उम्मेदवारहरुलाई विजयी बनाउन नगरबासीलाई अनुरोध गरेका छन्। उनले पहिलो कार्यकालमा समय सीमा, बजेट अभाव, कानुनी जटिलताका कारण आफ्नो नेतृत्वको टीमले गर्न बाँकी रहेका कामलाई पूरा गराउन र सुरु गरिएका कामलाई नयाँ उचाईंमा पुर्याउन आफ्नो नेतृत्वको टीमलाई एक पटक पुन: मत दिएर विजयी गराउन आम मतदातालाई आग्रह गरे ।