बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं. १ बाट मतगणना सुरु गरिएको गौशाला नगरपालिकाको निर्वाचन कार्यालय जनाएको छ ।
शनिबार बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि उम्मेदवारहरुले मतगणना स्थलमा प्रतिनिधि उपस्थित गराउन ढिलाई गरेका कारण अहिले १२:३० बजेबाट मतगणना सुर भएको छ । मतगणना गौशाल नगरपालिकामा भइरहेको छ ।



गौशाला नगरपालिकामा पुरुष १४ हजार ५ सय ३९ र महिला १३ हजार ८ सय ३३ गरी जम्मा २८ हजार ३ सय ७२ मत खसेको छ ।
नगरपालिकामा पुरुष २० हजार ८ सय ३१ र महिला १६ हजार ८ सय ८५ गरी कूल मतदाता ३७ हजार ७ सय १६ रहेको छ ।
https://shirishnews.com/banner-news/18682.html/




