महोत्तरी । महोत्तरीको मट्टीहानी नगरपालिकामा मतगणना सुरुवात भएको छ ।
सर्वदलीय निर्णयअनुसार १ बजेबाट मतगणना सुरु गरिएको मट्टीहानीस्थित मतदान अधिकृत कुलबहादुर फडेराले जानकारी दिए ।



वडा न।१ मा क र ख गरी २ वटा मतदान केन्द्र छन् ।
क मतदान केन्द्रमा ५१२ मतदातामध्य ३९८ जनाले मतदान गरेका छन् भने ख मतदान केन्द्रमा एक हजार तीन मतदातामध्ये ७१८ मत खसेको छ ।




