महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादवले अग्रता बनाएका छन्। वडा नं ७ सम्पन्न मतगणना र अहिले जारी रहेको वडा नं ६ को १३०० मत गन्दा एमालेका उम्मेदवार यादवले १०८ मतले अग्रता लिएका छन् ।
अहिले सम्मको मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार यादवले ११९६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले १०८८ मत प्राप्त गरेका छन् ।
वडा नं ६ मा १९४७ मत खसेकोमा अहिले १३०० को गणना सम्पन्न भइसकेको छ ।
त्यसैगरी उपमेयरमा एमालेका सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले १९९ मतले अग्रता बनाएकी हुन् । चाैधरीले १११९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले ९२० मत प्राप्त गरेकी छिन् ।
त्यस्तै वडा अध्यक्षमा एमालेका विनाेद गुप्ताले ७५५ मत सहित अग्रता बनाइ रहेका छन् भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार मानबहादुर श्रेष्ठ (नानीबाबु)ले ३८९ मत ल्याएका छन् ।




