महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको अहिले भर्खर सम्पन्न वडा नं २ को मतगणना र यस अघि सम्पन्न वडा नं ७ र ६ काे मतगणना अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ ।
एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादवले ३१२ मतले अग्रता लिएका छन् ।



अहिले सम्मको मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार यादवले २१५२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले १८४० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले १३८ मतले अग्रता बनाएकी हुन् । चाैधरीले २०४६ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले १९०८ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै वडा नं २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देबु यादव, वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले विनाेद गुप्ता र वडा नं ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका माेबारक कबाडी नथुनीले विजयी हासिल गरिसकेका छन् ।
अब दिउँसो १ बजे देखि वडा नं ५ को मतगणना हुने क्षीरेश्वरनाथका निर्वाचन अधिकृत विकास बस्नेतले जनाएको छ ।




