बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ (बिजलपुरा)मा पछिल्लो मतगणना अनुसार अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
वडा नम्बर १३ जारी मतगणना अनुसार वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार(जेब्रा)का लक्ष्मण सिंहले ७७, नेकपा माओवादी केन्द्रका धनराज लामा मोक्तानले ३९, लोसपाका श्याम प्रसाद राउतले ५३ र नेकपा एमालेका मनिष समालले ११७ मत ल्याएका छन् ।



यस्तै, अहिले वडा नम्बर १, ७, ८, १४ र १३ को मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार(जेब्रा)का प्रहलाद कुमार क्षेत्रीले ४५०६ , नेकपा माओवादी केन्द्रका राजु खड्काले २०७६ र नेकपा एमालेका टेक बहादुर बलम्पाकीले १२२६ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा उपमेयरमा स्वतन्त्र उम्मेदवार(जेब्रा)की तारा देवी सिंहले २९३४, नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले १९५१ र नेकपा एमालेकी दुर्गा कुमारी दहालले १२२६ मत ल्याएकी छीन् ।
वडा नम्बर १३ को मतगणना अहिलेपनि जारी रहेको छ ।




