
औरही - महोत्तरीको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले विजयीको दोस्रो खाता खोलेका छन् ।
सोमबार दिउँसोदेखि शुरु भएको मतगणना परिणामा अनुसार वडा नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को प्यानल सहित वडाध्यक्षमा विजयी भएका छन् ।
वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट दरेश यादव ७०३ मत ल्याएर विजयी भएका हुन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिनोद पजियारले ५३१ मत ल्याएका छन् ।
तेस्रोमा नेपाली काङ्ग्रेसका राजेन्द्र यादवले ३१४ मतमा सिमित भएका थिए ।