काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाएका छन्।
ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाएका छन्।
उनी एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडी छन्।
स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्। कांग्रेसकी सृजना सिँहले ७ हजार ५ सय ११ मत प्राप्त छ।




