औरही – महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) पुरै प्यानल सहित विजयी भएका छन् ।
लोसपाबाट वडाध्यक्षका उम्मेदवार विष्णु कुमार महतो(मुकेश)पुरै प्यानल सहित निर्वाचित भएका हुन् । महतो १६९ मतको भारी मतान्तरले निर्वाचित भएका छन् ।



उनले ८४६ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रका सेख महमद जलिल उम्मेदवारले ६७७ मत मात्र ल्याउन सफल भएका थिए ।
सदस्यमा सोही पार्टीका निरबहादुर बस्नेत, योगेनद्र मण्डल, महिला सदस्य ललिता पूर्वाछाने दलित महिला बुधनी देवी सादा निर्वाचित भएका छन् ।




