महेन्द्रनगर – धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाकाे जारि मतगणनामा अहिले हुँदै गरेको वडा नं ८ काे मतगणनामा २ वटा मतपेटिकाकाे सिल टुटेको भेटिएकाे छ।
मतगणना स्थलकाे भित्रबाट बाहिरआएका दलका प्रतिनिधिहरूले संचारकर्मीहरूलाई वडा ८ काे २ वटा बाकसकाे सिल टुटेको जानकारी दिए।



बाकसकाे सिल टुटेकाे हल्ला बाहिर आएपछि संचारकर्मीकाे टाेलीलाई भित्र गणना स्थलमा गएर अवलाेकन गर्न खाेज्दा ` पत्रकारलाई प्रवेश निषेध ´ भनेर बाहिर गेटबाट फर्काइयाे।
क्षीरेश्वरनाथकाे निर्वाचन अधिकृत विकास बस्नेतले पत्रकारकाे टाेलीलाई गेटमा प्रतिक्षा गराएर प्रहरी पठाएर भित्र ल्याउने भने तर पछि फाेनमा अहिले भित्र जान नमिल्ने भनेर फर्काएका थिए।




