
सिरहा । सिरहामा विजयी जुलुसमा हिडेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्वर ६ का विनोद सदायको छोरा करिव १७ वर्षिय रिझन सदाय रहेको प्रहरीले जनाएको छ ।
वडा नं. ६ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष संजिव लामाको विजयी जुलुसमा हिडेका प्र.२–००१–०१ त ०२७५ नम्वरको ट्याक्टरबाट लडेका थिए ।
ट्याक्टर धनी समेत रहेका रामकिसुन साह आफैले अत्यधिक गतिमा ट्याक्टर चलाएका कारण दुर्घटना भएको स्थानीय प्रत्यक्षर्शीले बताएका छन् ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सदायलाई लङ्ग लाइफ हेल्थ केयर पुर्याउँदा मृत्यु भएको बताइएको छ ।
घटना पश्चात ट्याक्टर संचालक तथा चालक फरार भएका छन् । उनको खोजी कार्यका साथै घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।