![](https://shirishnews.com/wp-content/uploads/2022/05/bhartiya-rupaya-sahit-pakrau.jpeg)
महेशकुमार दास,जलेश्वर। स्रोत नखुलेको रकमसहित एक भारतीय युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
भारत विहारको पानावेला ग्रामपञ्चायत–१३ घर भएका २२ वर्षीय युवक जिशान शेखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सम्सी गाउँपालिका–६ स्थित मस्जिद नजिक जेएच०१।९१०८ नम्वरको भारतीय सिबिजेड मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेको युवक शेखमाथि शङ्का लागी खानतलासी गर्दा प्लाष्टिकमा बेरिएको अवस्थामा भारु रुपियाँ फेला गरेको हो ।
प्रहरीले सोधखोज गर्दा स्रोत नखुलेकाले रकमसहित युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।
प्रहरीले शेखको साथबाट पाँच सय दरको भारतीय नोट ८९६ थान र दुई हजारको नोट एक थान गरी चार लाख ५० हजार रुपियाँ बरामद गरेको छ ।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभएको छ ।
त्यस्तै,महोत्तरीको बर्दिवास नगरपालिका–११ स्थित बाँके खोलाको बाँधबाट लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
बर्दिवास नगरपालिका–११ खैयरमारा र सर्लाहीको सीमानामा रहेको बाँके खोलाको बाँध नजिकबाट प्रहरीले पाँच किलो लागअूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभएको छ ।
https://www.facebook.com/shirishonline1/videos/1410736306057684
प्रहरी नायब उपरीक्षक विष्टका अनुसार ना२३प १३४३ नम्बरको मोटरसाइकलमा पाँच किलो गाँजा सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।
कालो ब्यागभित्र पोका बनाई राखिएको गाँजा र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई फरार भएका व्यक्तिको खोजी कार्य भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।स्रोत : गोरखा पत्र
![](https://shirishnews.com/wp-content/uploads/2022/05/received_1054280455503981-1140x570-1.jpeg)