एजेन्सी – भारतका ३६ जिल्लाहरुमा १ सय १३ भन्दाबढी महिलाहरुलाई फोन गरेर हैरान गर्ने युवक पक्राउ परेका छन्।
बललबउगचलब उयकत



४५ वर्षिय रावेंद्र मौर्यालाई भारतको लखनऊ, कानपुर, अंबेडकरनगर, वाराणसी, बलरामपुर, झांसीलगायतका ३६ जिल्लाका प्रहरी खोजिरहेका थिए।
उनीले जुनसुकै नम्बरमा फोन गरेर महिलाहरुसंग अश्लिल कुरा गर्ने, कुरा नगरे मार्ने धम्कि दिने गरेका थिए। महिलाहरुको फोन नम्बर पत्ता लगाउन भने उनी आफ्नै अनुमान अनुसार १० नम्बर डायल गर्ने गर्थे। गाउँभन्दा बाहिर गइ खेतहरुमा बसेर फोन गर्ने गर्थे भने फोन गरेर गाउँ आएर मोबाइल अफ गर्ने गरेका थिए।
मोबाइलमा फोन गर्दा महिलाको आवाज सुनियो भने मात्रै कुरा गर्थे। पुरुषको आवाज सुन्यो भने फोन काट्थे।
उनलाई प्रहरीले मोबाइल नम्बर ट्रेस गरेर कोरियान गाउँबाट प्रकाउ गरेको हो। उनीमाथि १ सय १३ महिलाले प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेका थिए।




