बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाबाट लाखौं मूल्य बराबरको वेवारिस अवस्थमा सरसमानहरु बरामद गरिएको छ ।
गौशाला नगरपालिका वडा नम्बर ५ स्थित आँप बगैचामा बिभिन्न प्रकारका सामानहरु बेवारीसे अवस्थामा फेला परेको हो ।



प्रहरीले बरामद भएका सामानहरु भन्सार छली गरेर ल्याएको हुने सक्ने बताएको छ । फेला परेका सामानको मुल्य करिब १ लाख २२ हजार बराबर रहेको प्रहरीले जनाएको छ ।
बेवारीसे अवस्थामा सरसमानहरु राखिएको भन्ने खबर प्राप्त हुनाका साथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय गौशालाको टोलि पुगेर सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाही लागि को भन्सार कार्यालय मलिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।




