
बाँके। बाँकेको नेपालगञ्जमा गोली चलेको छ। नेपालगञ्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्ने विषयमा बिबाद हुँदा गोली चलेको हो।
पूर्वराजाको सालिक राख्न चोकमा आएको समूह र प्रहरीबीच बिबाद हुँदा परिस्थिति तनावपूर्ण बनेको हो। सालिक राख्न आएको समूहले प्रहरीमाथि आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकेपछि उक्त समूहले प्रहरीमाथि नै आक्रमण गरेको थियो। प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो।
उक्त तनावपूर्ण वातावरणमा १२ जनाभन्दा बढी प्रहरी घाइते भएका छन्। बाँके प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि अहिले धम्बोजी आसपास सशस्त्र प्रहरी परिचालन गरिएको छ।