जनकपुर : मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि असार १ गते प्रदेश सभामा सरकारको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही अनुसारको तयारीमा सरकार लागिपरेको उनले बताए ।



नीति तथा कार्यक्रममा छोरी शिक्षा बीमा कार्यक्रमलाई प्राथमिकताका साथ ल्याउन लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।




