औरही – बर्दिबास नगरपलिकामा संचालित सुनौलो बिपि यातायात प्रा.लि. द्वारा बर्दिबासका नब निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा बर्दिबासनगर पालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र उप प्रमुख तरा देबि महतो बर्दिबास नपा वडा नम्बर ३ का बिराट बिस्ट, वडा नम्बर २ का श्याम राजा सिंह लगायत नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा बर्दिबास बिकासमा यस बिपि यातायात प्रा लि. ले खेलेको भुमिका बारेमा यातायातमा प्रमुख कान्छा मान बलले बताए । उनले भने बर्दिबासको बिकासमा पर्यटनलाई महत्त्वपूणर् भुमिकामा राख्न जरुरी रहेको छ । बर्दिबामा बस पार्क,सार्बजनिक शौचालय ,ट्राफिक नियन्त्रण लगयतको कार्यमा नगरपलिकाको भुमिका हुनुपर्ने माग राख्दै प्रमुख बलले बताए ।



यता बर्दिबास नगरपालिका प्रमुख प्रहलाद कुमार क्षेत्रीले बर्दिबास बिकासमा नगरले कुनै कसर नराख्ने प्रतिबद्ध हुनुभयो । उनले भने बर्दिबासको बिकासका बर्दिबासमा अधुनिक बस पार्क निर्माण गर्ने छ । हरेक जनतालाई शौचालयका लागि नगर भित्र घुम्ती शौचालयको व्यवस्था मिलाउने काम गरिने छ ।
अब आउने एक बर्षमा भित्रमा बस पार्क ,घुम्ती शौचालय संचालन कार्य गरिने बताए । बर्दिबासलाई पर्यटन क्षेत्रमा म जितेर कुर्सीमा बसेको दिन देखिनै बर्दिबासको टुटेश्वब नाथ महादेव मन्दिर र माईस्थान माताको मन्दिरलाई सुन्दर शान्त वातावरणमा सहितको पर्यटकिय क्षेत्रमा कार्य सुरुभएको बताए ।




