औरही - आईतवार बिहान परेको पानीले महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ स्थित रहेको औरही बजार चौक र बस बिसौनी जलमग्न भएको छ । चौक स्थित बस बिसौनी अगाडी रहेको पसल र बैंक आसपास पानी निकासा हुन नसकेर जलमग्न भएको हो ।
बिहान परेको पानीको प्रभाबले गर्दा उक्त स्थानमा केही बेर मानिसहरुको आवात जावातमा समेत प्रभाव परेको थियो । भारी बर्षाले गर्दा पानीको निकास नभएकाले उक्त स्थानमा रहेको फलफुल पसल र केहि साना व्यावसायिहरुले बर्षनै यस्ता समस्या खेप्दै आईरहेका छन् । अझै केही बेर पानी परेको भए पानी पसल भित्रै छिरेर सबै सामानहरु नै काम नलाग्ने हुन्थ्यो धन्न पानी रह्यो एक ब्यापारिले शिरीष न्युजलाई बताए ।
यो समाचार तयार पार्द उक्त स्थानमा जमेको पानि केही घटिसकेकाले पसल र बैंकमा मानिसहरु आवत जावत सुरु भएको छ । औरही नगरपालिका १ बस पार्कमा ढल निकास नहुदा व्यावसायि तथा पैदल यात्रीले सधँ यसै गरि सास्ती ब्यहोरी रहेका छन । सम्बन्धि निकायको यसमा चासो दिनु जरुरी देखिन्छ ।
(फोटो फिचर )
https://www.facebook.com/shirishonline1/videos/429417282069020
https://www.facebook.com/shirishonline1/videos/429417282069020




