औरही- महोत्तरीको गौशालामा दारुल उलुम गोसिया इँदादुल गुरबा मदर्साद्वारा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गौशाला नगरपालिका वडा नं. ५ मा आयोजित एक समारोहका बीच सरोकारवाला निकायसँग मदर्साको आन्तरिक क्रियाकलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा नवनिर्वाचित नगरप्रमुख, वडाअध्यक्ष ओमप्रकाश गुप्ता, वडा सदस्य वीरेन्द्र साह, जयनारायण साह तथा समाजसेवी लक्ष्मी महतो, रामकुमारी देवी, रामश्रेष्ठ महतो, कुमरकान्त झा,लगायतलाई अविर र दोसल्ला ओढाई सम्मान गरेका थिए ।



कार्यक्रममा गौशाला नगरपालिका रहेको १४ वटा मदर्साको अवस्थाको बारेमा आफ्नो गुनासो प्रस्तुत गरिएको थियो ।
गौशाला नगरपालिका वडा नं. ५ मा रहेको दारुल उलुम गोसिया इँदादुल गुरबा मदर्साको अवस्था निकै कमजोर रहेकोले उक्त मदर्साको स्तरउन्नतीको लागी जहिर मास्टरले जानकारी गराएका थिए । गुनासो क्रममा गौशाला नगरपालिकाको विभिन्न वडामा रहेको मदर्साहरुको अवस्थाको बारेमा उक्त मदर्साहरुको मोलवीहरुले जानकारी गराएका थिए ।सोही कार्यक्रममा वडा नं. १० का भुपु अध्यक्ष शेष जलीलका अनुसार यस नगरपालिकामा मुसलिम समाज असुरक्षित भएकोले मुसलीम समाजको सुरक्षाको लागी नगरप्रमुखलाई ध्यानााकर्षण गराएका थिए ।
शेषले यस मदर्सालाई विगतका दिनहरुमा कुनै किसिमको रेखदेख तथा स्तरोन्नती सम्बन्धि कसैको ध्यान नजानु विडम्बनाको विषय भएको शेषले बताए । विगतका दिनहरुमा विभिन्न पार्टीबाट आएका राजनितिककर्मीहरु अनेकौ प्रतिवद्धता गरे पनि हालसम्म कोही कसैले केही नगरेको शेषले बताए । तर उक्त मदर्सामा समाजसेवी लक्ष्मी महतोद्वारा २०६९ सालमा ५ कोठे भवन निजी श्रोतबाट बनाएका थिए र सोही अनुरुप आज यस मदर्सामा २५० जना विद्यार्थीले पठनपाठन गरिरहेको जानकारी दिए ।
सोही कार्यक्रममा नगरप्रमुखले अबको बजेटमा यस मदर्साको उत्तरपट्टि रहेको जीणर् काठको घर भत्काई नयाँ संरचना निर्माण गरी यस मदर्साको सम्वद्धनका लागिग गौशाला नगरपालिका सधंै तत्पर रहने नगर प्रमुखले प्रतिवद्धता जनाए ।
कार्यक्रममा राजनितिककर्मी, समाजसेवी, बुद्धिजीवी, भरभलादमी, यूवाहरुको सहभागीता रहेको थियो ।




