औरही - महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गौशाला नगरपालिका वडा नं. ४ पानीटंकी नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हाे ।
माईस्थान–सम्सी सडक खण्डमा गौशालाबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोही दिशाबाट जादै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा साइकल यात्री गौशाला नगरपालिका वडा नं. ४ (मगरटोल) बस्ने ५० वर्षीय गणेश बहादुर थापा (कलुवा) मगरको मृत्यु भएको हो।
ठक्करबाट मगरको टाउकोमा चोट लागि गम्भीर घाईते भएकोमा उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक रंजन मिश्रले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएका थापा नेपाल पत्रकार महासंघ महोतरी जिल्ला कार्यसमिति सदस्य आशा तोलागें का ससुरा बुबा तथा प्रभात सन्देश दैनिकका संचालक मनोज थापा मगरका बुबा हुन्।
थापा मगरको मोटरसाइकलको निधन प्रति शिरीष परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माले चिर–शान्ती तथा शोकाकुल परिवारलाई ईश्वरले धैर्य–धारण गर्ने उर्जा प्रदान गरून भन्ने कामना गर्दछ ।