महोत्तरी । नेपालबाट भारत तर्फ मदिरा तस्करी गर्नेहरुको जालो महोत्तरीको सिमावर्ती ग्रामीण क्षेत्रहरुमा फैलिदै गएको छ । महोत्तरी प्रहरीकै तथ्यांकले पनि महोत्तरीको सिमावर्ती ग्रामीण क्षेत्रहरुमा मदिरा तस्करी गर्ने गिरोहको जालो फैलिदै गएको पुष्टि हुन्छ । मदिरा तस्करहरु विभिन्न जुक्ती लगाएर मदिरा सिमा कटाएर लग्ने गर्छन भने गोप्य सुचनाको आधारमा प्रहरीले सिमा कटाउन लागेका मदिरा वरामद गर्ने शिलशिला धेरै पहिल्यैदेखि चल्दै आएको छ ,अझै पनि चल्दै छ । प्रहरी र मदिरा तस्करहरुबीच लुकामारी चल्ने क्रम महोत्तरीको सिमावर्ती गाउँका बासिन्दाका लागि कुनै नौलो होईन , यो पहिल्यै देखि नै चल्दै आएको चलन हो स्थानियहरु बताउँछन ।
प्रहरीले तस्करी गर्न लागेको मदिरा वरामद गर्ने र तस्करले नयाँ नयाँ जुक्ती लगाएर मदिरा तस्करी गर्ने क्रम भने न्युनिकरण हुनुका साटो अझै बढदै गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीकै तथ्यांक केलाउँदा देखिन्छ । भर्खरै मात्र प्रहरीले महोत्तरीको विभिन्न सिमानाकाबाट सिमा कटाउनै लागेको अवस्थामा ठुलो परिमाणमा मदिरा वरामद गरेका छन ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले दिनु भएको जानकारी अनुसार एकै दिनमा महोत्तरीको सिमावर्ती गाउँ नैन्ही ,मधवा , र मटिहानीबाट मदिरा बरामद भएको छ । उहाँका अनुसार मदिरा ओसारपोसारमा संलग्न एक भारतीय व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।प्रहरीले जलेश्वर नगरपालिका—३ मलिवारा टोलबाट भारत विहारको सितामढी जिल्ला ग्रामपंचायत सुरसण्ड बस्ने ४२ वर्षिय बिजय साहलाई मदिरा सहित नै पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनु भयो ।



साहले ज४प ९७०१ नम्वरको मोटरसाईकलमा राखेर लग्दै गरेको गोल्डेन ओके २८ पिस, ब्लायक ओके २८ पिस , सिग्नेचर ६ पिस गरि ४१ हजार मूल्य बरावरको मदिरा प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र नैन्ही प्रहरी चौकीबाट खटिएको संयुक्त टोलिले बरामद गरेको मदिरा र मदिरा ओसारपोसर गर्न प्रयोग गरिएको मोटरसाईकल समेतको बजार मूल्य एक लाख ४१ हजार रहेको जनाइएको छ । यसैगरि मनरा सिस्वा नगरपालिका—१० मधवा टोलबाट प्रहरीले बीआर ०६ बिजे ५९९३ , बिआर ३० एक्स ९६३८ र बिआर ३० आर ८४६१ नम्वरको ३ वटा भारतीय नम्वरको मोटरसाईकलमा राखेर १ सय ३० पिस गौरव ब्राण्डको मदिरा बरामद गरेको हो ।
प्रहरी चौकी बथनाहाबाट खटिएको टोलिले वरामद गरेको मदिरा र ओसार पोसारमा संलग्न मोटरसाईकल समेतको बजार मूल्य ४ लाख रहेको प्रहरीले जनाएको छ ।यसैगरि मटिहानी नगरपालिका—८ तुल्सीयाही जाने बाटोबाट बीआर ७ एम ५२८२ नम्वरको मोटरसाईकलमा राखेर सिमा कटाउनै लागेको एक सय ६५ पिस र माडोवेल उल्लेखित मदिरा ३९ पिस मदिरा बरामद गरेको हो । उक्त वरामद भएको मदिरा र मोटरसाईकल समेतको बजार मूल्य एक लाख १९ हजार ४७५ रहेको छ ।बरामद भएको मदिरा र मोटरसाईकलहरु कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय जनकपुर पठाइएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनु भयो ।
भारत विहारमा मदिरा विक्रिवितरण र उत्पादनमा पुणर्रुपमा प्रतिवन्ध लगाइए पछि अहिले महोत्तरीको विभिन्न नाकाबाट भारि परिमाणमा मदिरा पारि तर्फ तस्करी हुने गरेको सुचना आएपछि प्रहरी गस्ती टोलि खटाउने कार्य तिव्र पारिएको र सोहि क्रममा उक्त परिमाणको मदिरा वरामद भएको डिएसपी विष्टले बताउनु भयो । सिमा कटाए लगतै दोब्बर तेब्बर मूल्यमा मदिरा विक्रिी हुने भएकाले अहिले महोत्तरीको सिमा भएर भारत तर्फ मदिरा तस्करी गर्ने ठुलो जमात नै सक्रिय रहेको छ तर प्रहरीलाई मदिरा तस्करी रोक्न भने हम्मे हम्मे परि रहेको स्थानियको कथन छ । प्रहरीले वेला वखत थोरै परिमाणमा मदिरा वरामद गरेपनि विभिन्न नाका भएर ठुलो परिमाणमा हुने मदिरा तस्करी रोक्न असफल सावित हुँदै आएको स्थानियको कथन रहेको छ ।




