
आफ्नै भाउजुलाई पेट्रोल छर्कि आगो लगाएर भाउजुको हत्या गरेका अभियुक्त परमेश्वर साहलाई शुक्रवार जिल्ला अदालत सप्तरीको आदेशले कारागार चलान गरिएको छ ।
न्यायाधीश रीता कुमारी बखरेलको इजलासले परमेश्वरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । सप्तरीको बोदेवसाईन नगरपालिका १ निवासी २२ वर्षीय परमेश्वरले २०७८ साल माघ १० गते घरायसी विवादमा आफ्नै भाउजु २६ वर्षीय राजकुमारीलाई जलाएर हत्या गरी फरार भएका थिए । प्रहरीले गत जेठ १५ गते उनलाई गाउँमै लुकी वसेको अवस्थामा पक्राउ गरेको थियो । भाउजुले आपूm विरुद्ध दाजु रविनलाई उक्साउने गरेको रिसमा परमेश्वरले खाना पकाउदै गरेको अवस्थामा भाउजुमाथि भान्सा कोठामै पुगेर पेट्रोल छर्कि आगो लगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । आगोले शरीरको अधिकाँश भाग जलेको राजकुमारीको घट्नाको भोलिपल्ट उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनु केही बेर अघि उनले अस्पतालमा प्रहरीलाई देवर परमेश्वरले अचानक पछाडिबाट आइ पेट्रोल छर्कि आगो लगाएको बयान दिएकी थिइन । घट्नाका बेला आमा संगंै रहेकी ३ वर्षीया छोरी आरतीले पनि परमेश्वर अंकलले पेट्रोल छर्कि आमालाई आगो लगाएको बताएकी थिइन । २ दिन सम्म भएको परमेश्वरको बयान सकिएपछि थुनछेक बहस भएको थियो ।
बहस सकिएपछि परमेश्वरलाई जेल पठाइएको हो । कर्तव्य ज्यानको उक्त मुद्दामा नेपाल सरकारको तर्फबाट सहायक न्यायाधिवक्ता मुकुन्द कुमार रेग्मी एवं जाहेरवाला पीडित पक्षको तर्पmबाट प्रदेश कानून अधिकृत किरण कुमारी साहले बहस पैरवी गरेकी थिइन । यस्तै प्रतिवादी परमेश्वरको तर्फबाट अधिवक्ता वालकिशोर यादव र विमल साहले बहस गरेका थिए । पीडित पक्षलाई अधिवक्ता किरण कुमारी साहले निःशुल्क कानूनी साहयता समेत प्रदान गरेकी छन । बहस सकिएपछि न्यायाधीश बखरेलद्वारा जारी आदेशमा भनिएको छ–“प्रतिवादी परमेश्वरले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (१)बमोजिम कसुर गरेकाले सोही संहिताको दफा १७७ (२) बमोजिम सजाय गरी अपराध पीडित संरक्षण ऐन २०७५ को दफा (४१) बमोजिम समेत कानूनी प्रक्रिया अघि बढाउनु पर्ने देखिएको छ ।” यस्तै मुद्दा पुर्पक्षको सिलसिलामा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादी परमेश्वरलाई थुनामा नै राखी कर्तव्य ज्यान मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएको छ , आदेशमा उल्लेख गरिएको छ ।