महोत्तरी- महोत्तरीको मठिहानी नगरपालिकाले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पत्रकार कल्याण कोषका लागि एक लाख प्रदान गरेको छ ।
सो रकम बराबरको चेक नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले महासंघ प्रदेश अध्यक्ष राजेश कुमार कर्णलाई हस्तान्तरण गरेका हुन् ।
मठिहानी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पनि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ ।
नगरप्रमुख मण्डल आफै पनि पत्रकारिता क्षेत्रबाटै आएकोले पत्रकारहरुका लागि आफूले सक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धता समेत जाहेर गरिसकेका छन् ।