धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उपमहानगरपालिका क्षेत्रभित्रका जिर्ण अवस्थामा रहेका सडकहरुको आईतबार अनुगमन गरेका छन् ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको उपमहानगरपालिकाको वडा नं. १३ जनकपुर ढल्केवर सडकबाट कभर्ड हल जाने सडक खण्डको उनले स्थलगत अनुगमन गरेको हो ।

वर्षाको पानीको राम्रो निकास नहुंदा पानी सडकमै जम्दा सो सडक जिर्ण भएको छ । सडक निरिक्षण गर्दै उनले चाडै पानीको निकासको व्यवस्था मिलाई सडकको मर्मत संभार गरिने बताए । सडक जिर्ण बन्दा आवागमन समेत प्रभावित भएको छ ।




