दिवेश कुमार महतो / ढल्केबर
मिथिला युवा सञ्जाल ढल्केबर धनुषाले हक्की खेलाडीहरुलाई खेलाडी ड्रेस वितरण गरेको छ । संजालले मिथिला नगरपालिकाको आर्थिक सहयोगमा हक्की खेलाडीहरुलाई दोस्रो पटक ड्रेस उपलब्ध गराएको हो ।
बुधबार संजालका उपाध्यक्ष विवेक ठाकुरल श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा अध्यनरत हक्की खेलाडीहरुलाई ड्रेस अन्तगर्त जुत्ता, टि-शर्ट, पेन्ट प्रदान गरिएको जनाए।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले भने, ‘हिजो सम्म हक्की खेलको बारेमा केही थाहा नभएका खेलाडीहरुलाई आज परिपक्व बनाई राष्ट्रिय स्तरको खेल सम्म पुग्न सफल भएको पछाडि यसै विधालयका प्रशिक्षक श्याम बाबु नायक र हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतोको भुमिका सराहनिय छ ।’
ड्रेस वितरण कार्यक्रममा मिथिला युवा संजाल ढल्केवर धनुषाका अध्यक्ष इ. मनिष कुमार महतो, सञ्जालका उपाध्यक्ष विवेक ठाकुर, हिमालय युवा क्लबका पुर्वअध्यक्ष एवम् क्लबका संरक्षक अरुण कुमार महतो, सचिव भोला साह, सञ्जालका संस्थापक समितिका सदस्य कैलास प्रसाद महतो लगायतकाको उपस्थिति रहेको थियो।




