जनकपुरधाम- मधेश प्रदेश आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मतले पारित भएको छ ।
आइतवार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।
प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ र कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो ।
यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।
असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।
बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।




