महोत्तरी - महोत्तरीको गौशालामा सर्पदंशको उपचार सेवा सुरु भएको छ । गौशाला नगरपालिकास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार मंगलबार देखि सुरु भएको हो ।
उक्त स्वास्थ संस्थामा वर्षौदेखी बन्द रहेको सर्पदंशको सेवा पुन: सुचारु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गौशाला लगायत जिल्लाको विभिन्न ठाउँमा सर्पको टोकाईबाट धेरै जसो मानिको अकालमा नै ज्यान गुमाई सकेको स्थानीयहरुको भनाई छ ।
केही दिन आगाडि गौशाला नगरपालिकामा एक शिशुको सर्पको टोकाईबाट मृत्यु भएको घटना लिएर सबैको ध्यान केन्द्रि भएको हो । स्थानीयहरुको पहलमा नगरपालिकाले सो सेवा सुरु गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
तराई मधेशका जिल्लाहरुमा वर्षा संगै अत्यधिक गर्मीले गर्दा अस्पतालहरुमा सर्पदंशका बिरामीको संख्या बढ्न् थालेको छ ।




