काठमाडौं - नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन इतर ( शेखर–गगन) समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारी सहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्यता रहेकाे छ ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षमा लम्साल प्यानल कै नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्ष मै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

त्यसैगरी लम्साल प्यानलबाट नै उपाध्यक्ष (मधेस प्रदेश) मा जनकपुरधाममा पत्रकार अनिलकुमार कर्ण विजयी भएका छन् । सचिव (मधेसी )अजित तिवारी ,महिला उपाध्यक्षमा सलोजा दाहाल, उपमहासचिव युबराज गाैतम ,उपमहासचिब (महिला ) सुलाेचना गाैतम , दिलिपाश्रि अधिकारी, उपत्यका उपाध्यक्ष जिवन भण्डारी ,कोषाध्यक्षमा माधव धिताल, केन्द्रीय सचिव (टेलिभिजन तर्फ ) अशोक तिवारी , निर्विरोध निर्वाचित केन्द्रिय सदस्य सुधा देव (सप्तरी), निलिमा पौडेल (बारा) लगायत विजयी भएका छन् ।
हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौं उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता थियो ।




